सुर्खेत
आफ्नो गाउँ आफै बनाउ अभियानमा अन्तरगत सल्यानको कालिमाटी गाँउपालिका वडा नम्बर ६ मा तिहारमा देउसी भैलो खेलेर उठेको रकमलाई सामाजिक कार्यमा खर्च गरिएको छ ।

देउसीभैलो खेलेर उठेको रकम मन्दिर निर्माण तथा टेन्टको सामान खरिदमा लगाइएको हो । सल्यानको कालिमाटी गाँउपालिका वडा नम्बर ६ को जलजला देउसी भैलो समुहले देउसी भैलो खेलेर ४१,१७५ रुपैँया जम्मा गरेका थिए। जस अन्तरगत स्टेचर खरिदमा ४५००,कुकर डेक्ची तथा झाझर खरिदमा १२,००० खर्च गरिएको छ।

देउसी भैलो खेलेका साना नानीबाबु लाई ७,००० बराबरको भोज खुवाईएको थियो भने केहि रकम देउसीमा गित बजाउन लिएको बुफर /डेग को भाडा दीइएको स्थानीय बिशाल जैसीले बताउनु भयो । यस्तै मन्दिर निर्माणमा १५,००० खर्च भएको छ भने बाकी मन्दिर निर्माण काम जलजलाका स्थानीय र भैलो समूह बाट जन श्रमदान बाट सम्पन्न भएको छ।

































