सुर्खेत ,कार्तिक ११
पूर्वी सुर्खेतको जनज्योति मा.बि.झिङ्गनी भेरीगङ्गा-६ सुर्खेतमा पुर्ब विद्यार्थी मञ्च गठनकालागि पहिलो चरणको बैठक सम्पन्न भएको छ । बिद्यालयमा अध्ययन गरेका केहि पुर्व बिद्यार्थीहरुको उपस्थितिमा बसेको बैठकले बिभिन्न बिधान मस्यौदा तथा मञ्च गठन तयारी समिति चयन गरेको छ।

जसको संयोजकमा रेशम खत्री चयन हुनु भएको छ भने सदस्यहरुमा पठे ओली, बलबिर नेपाली ,लोकबहादुर नेपाली, हरीप्रसाद शर्मा, टेकबहादुर खत्री, मानबहादुर बस्याल चयन हुनु भएको छ। नव गठित समितिले पुर्ब विद्यार्थी मञ्च गठनको लागी आवशयक कार्यहरु अगाडी बढाउने छ।

































