२ जेठ,सुर्खेत-
डाक्टर राजकुमार भुजेललले नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गर्ने छात्रवृति अध्ययन पुरा गरी त्रिभुवन विश्व विधालय अन्तर्गतको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाबाट वि.सं. २०७६ मा MBBS अध्ययन पुरा गर्नु भयो।अध्ययन ताकै उहाँको सक्रियतामा साहित्य लेखनमा रुची भएका अध्ययनरत विधार्थीहरुको सहकार्यमा मेडिकल कलेजमा लिस्नो साहित्य समाज गठन गरी साप्ताहिक रुपमा साहित्यिक गतिविधिहरु संचालन हुन्थे। २ वर्षे छात्रवृत्ति करार उहाँले जिल्ला अस्पताल रुकुम पश्चिम रहेर सेवा गर्नुभयो।

त्यसो त डा भुजेल चिकित्सा सेवामा सीमित नभएर साहित्य तथा समाज सेवामापनि क्रियाशील हुनुहुन्छ।उहाँ बेलाबखत जन्मदिनको अवसर पारेर,गरिब तथा जेहेनदार विधार्थीको लागि आर्थिक सहयोग,गरिब असहाय बिरामीहरुको लागि स्वास्थ्य बीमाको लागि आर्थिक सहयोग गरेर समाजमा सेवाभावको उदाहरण प्रस्तुत गरिरहनु भएको छ ।

डा भुजेल वि.सं. २०८१ भाद्र ६ गतेदेखि मेहलकुना अस्पताल सुर्खेतमा कार्यरत हुनुहुन्छ। यहाँ रहँदा पनि उहाँले पटक पटक सामाजिक कर्मलाई पनि चिकित्सकीय धर्मसँग जोडेर सेवामा समर्पित हुनुहुन्छ। हालसालै उहाँको शब्दभन्दा पर गजल संग्रह प्रकाशित भएको छ। किताबाट आर्जन हुने केही रकम सामाजिक कर्ममा योगदान गर्ने उहाँको सोच छ।


































