२८ वैशाख, सुर्खेत-
राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गर्ने तयारीलाई तीव्र बनाएको छ। बोर्डले नतिजा प्रकाशनका लागि अन्तिम चरणको काम भइरहेको जनाएको छ।
गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्। यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सहज भएको बोर्डले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयमा अहिले बैठक जारी रहेको र आजै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ।
































