
१ वैशाख,सुर्खेत-
आजभन्दा दुई बर्ष अघि आजैको दिन २०८१ वैशाख १ गते स्थापना भएको गंगामाला मिडिया प्रालिले आज तीन वर्ष पुरा गरेको छ। “सत्य, तथ्य, समाचार र मनोरन्जन ” लाई आत्मसात् गर्दै प्रारम्भदेखि नै स्थानीय जनजीवन, राजनीति, संस्कृति, भाषा, खेलकुद, पर्यटन, शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयवस्तुहरू लाई समाचार र कार्यक्रमको केन्द्रमा राख्दै आएको छ। स्थापनाको पहिलो दिनदेखि नै गंगामाला मिडियाले डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्दै समाचार, अन्तर्वार्ता, प्रेरणादायी वृत्तचित्र, पठनीय फिचर, र तथ्यपरक विश्लेषणमूलक सामग्रीहरू निरन्तर रूपमा प्रकाशन तथा प्रसारण गरिरहेको छ।

यो दुइ वर्षको अवधिमा, गंगामाला मिडियाले कर्णालीका विकटदेखि सुगम भूगोलसम्मका हजारौं पाठक तथा दर्शकहरूको विश्वास जित्न सफल भएको छ। सूचना प्रविधिको नवीनतम प्रयोग, व्यावसायिक र निष्पक्ष पत्रकारिताप्रतिको अटल प्रतिबद्धता, र निरन्तर सिर्जनशीलताले हामीलाई कर्णाली प्रदेशकै एक अग्रणी र भरपर्दो डिजिटल समाचार माध्यमको रूपमा स्थापित गरेको छ। यो समयमा हामीले हजारौं संख्यामा समाचार, र विशेष कार्यक्रमहरू उत्पादन गरी प्रकाशन तथा प्रसारण गरेका छौं।

आज हामी केवल एक मिडिया प्रालि मात्र नभई, कर्णाली प्रदेशको आवाज, यहाँका नागरिकको र समग्र प्रदेशको सकारात्मक परिवर्तनको एक अभिन्न साझेदार बन्न सकेकोमा गौरवान्वित छौं। आगामी दिनहरूमा हामी अझ बढी जिम्मेवार, तथ्यपूर्ण, खोजमूलक र समावेशी पत्रकारिताको अभ्यास गर्दै, कर्णालीको समृद्धिका लागि जिम्मेवार सञ्चारमाध्यमको भूमिकामा अझ सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्दछौं।

हाम्रो यो यात्रा तपाईंहरूको अटुट साथ, सहयोग र विश्वासबिना कदापि सम्भव थिएन। यो तीन वर्षको सफल यात्रामा अनवरत रूपमा साथ दिनुहुने सम्पूर्ण आदरणीय पाठक वर्ग, समाचारका महत्वपूर्ण स्रोतहरू, हाम्रा प्रस्तुतिलाई माया गर्नुहुने दर्शकवृन्द, विज्ञापनदाता, शुभेच्छुकहरू तथा कर्णाली मिडिया टिमका सम्पूर्ण सहकर्मीहरूप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौं।
दिलिप ढकाल (कार्यकारी सम्पादक)
हुम बहादुर कार्की (संचालक/निर्देशक)
गंगामाला मिडिया प्रालि गुर्भाकोट,सुर्खेत-


























