Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

एम्बुलेन्स चालकलाई हातपात गरी एम्बुलेन्स तोडफोडमा संलग्न ३ जना पुरुष पक्राउ

एम्बुलेन्स चालकलाई हातपात गरी एम्बुलेन्स तोडफोडमा संलग्न ३ जना पुरुष पक्राउ

७ चैत,सुर्खेत-

सुर्खेतमा एम्बुलेन्स चालकमाथि कुटपिट गर्दै एम्बुलेन्समै तोडफोड गर्ने घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–११ सादिखोला स्थित कल्याणबाट बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सलाई बीच बाटोमै रोकी आक्रमण गरिएको हो।

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चैत ६ गते राति करिब १०:०५ बजेको समयमा सल्याण कुमाख गाउँपालिका–३ निवासी ३२ वर्षीय चालक बसन्त शर्माले चलाएको एम्बुलेन्सलाई अज्ञात व्यक्तिहरूले रोकेका थिए। उनीहरूले एम्बुलेन्स चालकलाई हातपात गर्दै कुटपिट गर्नुका साथै एम्बुलेन्समा समेत तोडफोड गरेका थिए। घटनापछि चालकले इलाका प्रहरी कार्यालय छिन्चुमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा सो क्षेत्रमा संलग्न व्यक्तिहरू फरार रहेको पाइएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो।

त्यसैक्रममा चैत ७ गते बिहान करिब ०९ :०० बजे पुनः एम्बुलेन्स चालकले फोनमार्फत एम्बुलेन्सको पछाडिको सिसा फुटाइएको जानकारी गराएपछि प्रहरी टोली पुनः घटनास्थलमा पुगेको थियो। त्यसपछि गरिएको अनुसन्धानका आधारमा तीन जना संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा भेरीगंगा नगरपालिका–११ का २० वर्षीय प्रविण गहतराज, ऐ.का १८ वर्षीय विशाल बि.क. र १९ वर्षीय विशाल बि.क. रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने आशंका गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै यस्ता संवेदनशील सेवामाथि आक्रमण गर्ने कार्य गम्भीर अपराध भएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याइने पनि प्रहरीको भनाइ छ। बिरामी बोकेर गइरहेको एम्बुलेन्समाथि आक्रमण भएको घटनाले स्थानीयस्तरमा त्रास सिर्जना गर्नुका साथै आपतकालीन सेवाको सुरक्षाबारे प्रश्न उठाएको छ। प्रहरीले नागरिकलाई यस्ता गतिविधिबाट टाढा रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In