
२६ फागुन, सुर्खेत
सुर्खेतको भेरीगंगा नगरपालिका–११ रामघाटका १३ वर्षीय बालक गणेश रावत हराएका छन्। परिवारका अनुसार रावत २०८२ फागुन २४ गते बिहान करिब ८ बजेतिर “होस्टेल जान्छु” भन्दै घरबाट निस्किएका थिए। तर त्यसपछि उनी न घर फर्किएका छन् न त होस्टेल पुगेको कुनै जानकारी प्राप्त भएको छ।

बालक सम्पर्कविहीन भएपछि परिवारजन निकै चिन्तित बनेका छन् र आफन्त तथा स्थानीयस्तरमा खोजी कार्य जारी रहेको जनाइएको छ। यदि कसैले गणेश रावतलाई देख्नुभएको छ वा उहाँबारे कुनै जानकारी पाउनुभएको छ भने ९८०५१७४८४० नम्बरमा तुरुन्त सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ। साथै नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीलाई पनि जानकारी गराइदिन आग्रह गरिएको छ।
































