
२० फागुन, सुर्खेत-
सुर्खेतको सिम्ता गाउँपालिका–६ बादेपिपल निवासी पार्वती थापा नेपाली चार दिनदेखि सम्पर्कविहीन भएकी छन्। परिवारका अनुसार उनी १८ गते बिहानदेखि घरबाट निस्किएपछि हालसम्म कुनै सम्पर्कमा आएकी छैनन्।

उहाँका श्रीमान अर्जुन नेपालीले आफन्त, छिमेकी तथा चिनेजानेका सबै ठाउँमा खोजी गर्दा पनि कुनै जानकारी नपाइएको बताउनु भयो। “सबै सम्भावित स्थानमा बुझ्दा पनि कतै फेला पार्न सकिएको छैन,” उहाँले भन्नुभयो।

सम्पर्कविहीन पार्वतीका पाँच वर्षका एक छोरा र २० महिनाको अर्को नाबालक छोरा रहेका छन्। आमाको अभावमा सानो छोराले निरन्तर आमा खोजिरहेको र उसलाई सम्हाल्न तथा भुलाउन परिवारलाई कठिन भइरहेको परिवारजनले बताएका छन्। परिवारले पार्वती जहाँ जुनसुकै अवस्थामा भए पनि कम्तीमा एकपटक सम्पर्कमा आइदिन आग्रह गरेका छन्। साथै, कसैले उनलाई देखे वा कुनै जानकारी पाए नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।

































