
सुर्खेत २९
चाडपर्व नजिकिदै गर्दा बिभिन्न स्थानीय तहले जुवातास तथा मदिराजन्य पेय पदार्थ बिक्रि वितरणलाई कडाई गर्ने र बिक्रि वितरण गरेको पाईएमा कानुन अनुसार कारवाही गर्ने सार्वजनिक सुचना निकालेर सुसोचित गरेका बेला सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर १० ले पनि एक सुचना जारि गर्दै चाडवाडमा जुवा तास नखेल्न तथा चाडपर्वमा मदिराजन्य पेय पदार्थ बिक्रि वितिरण नगर्न र नगराउनु हुन् अनुरोध गरेको छ। वडा अध्यक्ष बिर बहादुर बस्नेत द्वारा हस्ताक्षरित उक्त सुचनामा जुवा तास खेल्ने खेलाउने तथा मदिराजन्य पेय पदार्थ बिक्रि वितिरण गर्ने गराउने दुबैलाई प्रचलित कानुन अनुसार कारवाही गरिने उल्लेख गरिएको छ। साथै यस्था गतिविधि भएको सुचना दिने व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था गरिएको र सुचना दिने व्यक्तिको नाम गोप्य राखिने समेत सुचनामा उल्लेख गरिएको छ।
































