सल्यान ,असोज २८
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका-१, रानागाउँ नजिकै अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन । सल्लीबजार–चौरजहारी सडकखण्ड अन्तर्गत बन्गाड कुपिण्डे नगरपालिका-१, रानागाउँ नजिकै चिउराबाट सल्लीबजार आउँदै गरेको भे १ ह २२२४ नम्बरको अटो आइतबार दिउँसो १२ बजे दुर्घटनामा परेको हो ।
अटो दुर्घटना हुँदा बन्गाड कुपिण्डे नगरपालिका ५ की वर्ष ३६ की लीला राना, वर्ष १९ की कोकिला विष्ट, कुमाख गाउँपालिका ५ घर भई हाल वडा नं ५ बस्ने अमृता रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरिक्षक गोपाल श्रेष्ठले जानकारी दिनु भयो।

अटो दुर्घटनामा परी घाइते भएका तीन जनाको स्थानीय तथा सुरक्षाकर्मीद्वारा उद्धार गरि सल्लीबजारस्थित संजिवनी अस्पतालमा उपचार भैरहेको प्रनि श्रेष्ठले जानकारीदिनु भयो।
उहाका अनुसार अटो अनियन्त्रित भएर भई सडकदेखि ३ मिटर तल खसेको थियो । अटोमा सानो बच्चासहित ६ जना सवार थिए । दुर्घटनापछि अटो चालक फरार रहेका छन्।
































