सुर्खेत २६
छिमेक लघुवित्त वित्तीय सस्था लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले ५ दिने व्यावसायिक तालिम सम्पन्न गरेको छ।उक्त कार्यक्रमको उद्घाटन छिमेक लघुवित्त वित्तीय सस्थाका सुदुरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख उत्तम कट्टेलले गर्नु भएको थियो । तालिम को प्रशिक्षण सस्थाको ग्राहक संरक्षण तथा सामाजिक विकास विभाग अन्तर्गत रही तालिम प्रशिक्षण कार्य गरिरहनु भएका निशान श्रेष्ठ तथा चेतराज बोहोरा ले गर्नु भएको थियो। उक्त तालिममा जाजरकोट,रुकुम,सल्यान,दैलेख,तथा सुर्खेत जिल्लाका २९ जना सहभागी भएका थिए।

अतिथी प्रशिक्षक उध्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका उध्धमशिलता बिकास सहजकर्ता टाेप बहादुर बिक तथा विरेन्द्रनगर नगरपालिकाका कृषि विकास शाखाका शाखा अधिकृत हेमराज केसिले तालिमको सहजीकरण गर्नु भएको थियो। साथै यसै वित्तिय सस्थाको शाखा कार्यलय सुर्खेतका शाखा प्रबन्धक तथा कार्यक्रमका कार्यक्रमका सयोजक मान बहादुर रानाले आउदै गरेको बडा दशै शुभ दिपावलि तथा छठ पर्वको अवसरम शुख ,शान्ती ,समृदी,तथा उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

































