गुर्भाकोटमा गुमी दशैँ बिशेष साँस्कृतिक कार्यक्रम संचालन हुने
सुर्खेत २२,
गत बर्ष जस्तै पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा गुमी दशैँ बिशेष साँस्कृतिक कार्यक्रम संचालन हुने भएको छ। गुर्भाकोट नगरपालिकाको वडा नम्बर १३ शिवनगर गुमीमा कात्तिक ४ गते साँस्कृतिक कार्यक्रम हुनेछ। संगित चौतारि डट्कमको आयोजनामा हुने साँस्कृतिक कार्यक्रममा रास्ट्रिय तथा स्थानिय कलाकार एवं स्थानिय कलाकारको प्रस्तुति रहने संगित चौतारि डट्कमका उपाध्यक्ष गणेश सिंह ठकुरीले जानकारी दिनु भयो।

साँस्कृतिक कार्यक्रममा लोक तथा दोहोरि गायक तथा गायिकाहरु अमृता लामिछाने,टेकराज भण्डारी,केशरी घर्ति ,डान्सर यामु मगर ,टिकटक स्टार शेखु धमाका लगाएतको प्रस्तुति रहने छ। साथै साँस्कृतिक कार्यक्रमलाई सभ्य र भब्य बनाउन सम्पुर्णमा उपस्थिको लागी आयोजक संगित चौतारि डट्कमले अनुरोध गरेको छ।
































