Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

जाजरकोट जुनिचाँदे गाउँपालिकाका पुर्व अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

जाजरकोट जुनिचाँदे गाउँपालिकाका पुर्व अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

जाजरकोट असोज २२ ,

जाजरकोटको जुनिचाँदे गाउँपालिकाका पुर्व अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतले गाउँपालिका पुर्व अध्यक्ष कृष्णबहादुर केसीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ।

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीले भन्नुभयो , ‘उहाँ सम्बन्धित दुईवटा मुद्दा विचाराधीन थिए,जसमध्ये एउटामा सफाइ र अर्कोमा दोषी ठहर हुनुभएको छ। दुई वर्ष कैद सजाय र आठ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो,’ केसी घुस मागेर भ्रष्टाचार गरेको मुद्दामा दोषी पाइएका हुन्।

केसीले सोही गाउँपालिकाको वडा नं. ५ मा विभिन्न उपभोक्ता समितिमार्फत भएका कामको अन्तिम भुक्तानीका लागि घुस मागेका थिए। उनी र स्थानीय विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतले आपसमा मिलेमतो गरी घुस मागेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो।

केसी र बस्नेतले घुस मागिरहेको सूचना अख्तियारमा आएपछि टोली खटाइएको थियो। उनीहरूलाई अख्तियारको सुर्खेतस्थित कार्यालयको टोलीले आठ लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। उनीहरू घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका थिए। जसपछि २२ फागुन २०७६ मा दुवैजनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको हो।

विशेषका उपरजिस्ट्रार कार्कीका अनुसार प्रधानाध्यापक बस्नेतलाई विशेषले सफाइ दिएको छ भने केसीलाई कैद र जरिवाना दुवै हुने सजाय सुनाइएको छ। न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो। गाउँपालिका अध्यक्ष केसीसहित वडाध्यक्ष राजबहादुर शाहीले घुस रकम दिन बाध्य बनाएको अर्को एक मुद्दामा भने विशेषले सफाइ दिएको छ। सडक निर्माण कार्यमा सेवाग्राहीसँग पटक-पटक गरी २५ लाख ५० हजार रूपैयाँ घुस मागेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

अनुसन्धानपछि कमिसन तथा घुस भन्दै नगदै रकम लिई बैंक खातामा जम्मा गरेको, होटेल तथा रिजर्भ गाडीको भाडा तिर्न लगाएकोजस्ता दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In