दाङ २२ ,
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार दुर्घटनामा परेको छ । मन्त्रि सवार लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकिय सचिव शम्भु गौतमले जानकारी दिनु भयो ।
स्वकिय सचिव गौतमका अनुसार अर्थमन्त्री मास्की कार्यक्रम सकेर मन्त्रालय फर्किँदै थिए । एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट झाडीमा पुगेर दुर्घटनामा परेको उहाँको भनाई छ । गाडीमा ५ जना सवार रहेको र सामान्य चोटपटक लागेको गौमतको भनाई छ।
































