अम्मर राजबंशी
सुर्खेत असोज २२ ,
सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ११ अवलशुर्मा कि चन्द्रा बोटे बिगत १२ दिन देखि बेपत्ता भएकी छन। १२ दिन देखि बेपत्ता भएकी बोटे हाल सम्म पनि परिवार वा आफन्तजन कसै सँग पनि सम्पर्कमा नआएको हुदा खोजी गरिदिन परिवार ले आग्रह गरेका छ्न। असोज ११ गते बिहान गुर्भाकोट ९ चिसापानी बाट पुरानो घर जान्छु भनी गएको र साँझ सम्म पनि पनि घर नआउदा आफन्तजन एवं छरछिमेकमा खोजि गर्दा समेत कतै नभेटिएको उनका श्रीमान मनोज बोटेले बताएका छन्।

निज बोटेले हराउदाका बखत पहेलो कुर्ता सुरुवाल लगाएको थिन भने उचाई ५ फिट एवं बर्ण गहुगोरो रहेको छ। साथै उल्लेखित महिलाई कहिँ कति देख्नु हुने जो कोहिले नजिकको प्रहरी कार्यालय वा ईलाका प्रहरी कार्यालयको ९८५८०५६४८८ मोवाईल नम्बरमा खबर गरिदिनु हुन् अनुरोध गरिएको छ।
































