सुर्खेत २१,
रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत नवनिर्मित दुइकोठे भवन र गुर्भाकोट नगरपालिका द्वारा निर्मित तीनकोठे शौचालय एक औपचारिक कार्यक्रमका बीच गुर्भाकोट ११ स्थित जनसेवा आधारभुत बिद्यालयलाई हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्क पोखरेल, गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुन, नगर उपप्रमुख मैना वि.क., वडा नम्बर ११ का वडाअध्यक्ष राजन वि.सी. लगायतको उपस्थितीमा नव निर्मित भवन र शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री खड्क पोखरेलले बिद्यालयको भौतिक पुर्वाधारको बिकास संगै शैक्षिक बिकासमा समेत जोड दिनुपर्ने बताउनु भएको थियो साथै उहाँले प्रदेश सरकारले शिक्षामा बिकास सँगै शैक्षिक गतिबिधिलाई वैकल्पिक प्रणाली सहजीकरण कार्यान्वयनका लागी प्रदेश सरकार लागी परेको बताउनु भयो ।

साथै उहाँले भन्नु भयो, विद्यालय बालबालिकाका लागि रमाइलो होस र सुरक्षित होस त्यो विद्यालय नै बालमैत्री विद्यालय हो । विद्यालयमा प्रत्येक विद्यार्थीले आफूलाई भयमुक्त र सुरक्षित पाओस, संवेगात्मक रुपमा रमाइलो वातावरण पाओस, सिकाइका लागि मनोवैज्ञानिक रुपमा मनोवल उच्च हुने वातावरण निर्माण गर्नका लागी बिधालय ब्यबस्थापन समिती शिक्षक अभिभावक संघको र अभिभावको महत्वपुर्ण भुमिका रहन्छ। साथै उहाँले बिद्यालयमा गुणस्तरिय शिक्षा दिन आबश्यक रहेको बताउदै प्रदेश स्तरमा बिद्यालयको स्तर उन्नतीका लागी पहल भईरहेको बताउनुभयो । सोहि कार्यक्रममा विद्यालय र शौचालय निर्माण गर्न व्यक्तिगत जग्गा विद्यालयलाई दान दिने थिर बहादुर घर्तीलाई सम्मान पनि गरिएको छ।

































