Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

ओभरटेक गर्नेक्रममा बस दुर्घटना हुदा २ जनाको मृत्यु, एक्काइस जना घाईते

ओभरटेक गर्नेक्रममा बस दुर्घटना हुदा २ जनाको मृत्यु, एक्काइस जना घाईते

सल्यान २० ,

सल्यानको राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३ मुलपानी नजिक भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन्। मृत्यु हुनेमा सल्यानको त्रिबेणी गाउँपालिका ६ निवासी ४४ वर्षीया अनिता बोहरा र दाङ तुलसीपुर ६ निवासी ३२ वर्षीया सुनिता सुनार रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बस सडकबाट खस्ने बित्तिकै एउटा रुखमा ठोक्किएको र त्यसपछि भिरालो जमिनमा पल्टिदै तल पुगेको यात्रुहरुको भनाइ छ । दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर तर्फ आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको दिउँसो ३ बजेतीर दुर्घटनामा परेको थियो । यात्रुका अनुसार अगाडीको गाडीलाई ओभरटेक गर्नेक्रममा सडक छेउमा टायर चिप्लिएर बस पल्टिएको हो । दुर्घटनामा परेर घाईते भएका २१ जना मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका चार निवसी ३५ वर्षका कमान सिंह र ठेगाना नखुलेका ३५ वर्षीय बिनोद श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवल ईन्स्पेक्टर गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

अन्य घाइतेहरुमा शारदा नगरपालिका १० निवासी चालक २६ वर्षीय मेघराज कुँवर, त्रिबेणी गाउँपालिका ६ निवासी ६० वर्षीय प्रेम बहादुर बुढा र ४५ वर्षीया पुष्पा बुढा रहेका छन् । यस्तै त्रिवेणी गाउँपालिका ६ निवासी २७ वर्षीया माया राना, तुलसिपुर ९ बस्ने वर्ष २० का प्रमोशन रिजाल, छत्रेश्वरी ४ बस्ने वर्ष ५० का चित्र डाँगी, त्रिवेणी लुहाम बस्ने २१ वर्षिय कुमारी चन्द, छत्रेश्वरी ४ बस्ने वर्ष २६ का रुपा विक, त्रिवेणी ६ का विनोद शाहु, छत्रेश्वरी ४ का देवा विक, त्रिवेणी ६ का ३३ वर्षिय होम बहादुर वस्नेत, सोही ठाउँ निवासी धनी वस्नेत रहेका छन् । अन्य घाइतेहरुमा छत्रेश्वरी ३ का वर्ष २४ का खडक विक, त्रिवेणी ६ का ३१ वर्षिय कृष्ण बहादुर वोहरा, छत्रेश्वरी ४ का २३ वर्षिय दोभान खड्का, ३५ वर्षिय दल बहादुर, दांग तुलसिपुरका १८ वर्षिय कमल सुनार, शारदा नगरपालिका २ बस्ने २२ वर्षिय प्रतिभा कुवर र छत्रेश्वरी ४ बस्ने १८ वर्षिय सरिता केसी रहेको ट्राफिक प्रहरीले जनाएको छ । घाईतेहरुको दांगमा उपचार भइरहेको छ ।

पछिल्लो समय सल्यानमा सवारी दुर्घटनामा बृद्धि भएको छ । गत असोज १२ मा पनि छत्रेश्वरी गाउँपालिकाको भित्री सडकमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए । यस्तै १७, असोजमा पनि बनगाड कुपिण्डे नगरपालिकामा अटो दुर्घटनामा परी चार जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In