सल्यान १७
सल्यानमा अटो दुर्घटना हुदा तिन जना घाईते भएका छन्। सल्लिरुकुम चौहरजारी सडक खण्डमा पर्ने बनगाड कुपिण्डे नगरपालिका सल्यानकाे वडा नम्बर ६ वयलडाँडी नजिकै दुर्घटनामा परेको हो। नाथेखाेला,सुनैलि देखि सल्लिवजार आउँदै गरेको ०२००१ ह १११५ नम्बरको अटाे सल्लि रुकुम चौहरजारी सडक खण्डमा दुर्घटनामा परेको हो।
दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ का वर्ष ४७ का गृम राेका, वडा ५ राउचेका वर्ष ५० का शिवलाल साहु,साेहि वडाका वर्ष ६१ का मुमे साहु गम्भीर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय इन्चार्ज हरि खड्काकाे कमाण्डमा सल्लि वजारमा रहेको प्रहरी टाेलि घटना घटेको छिनभरमै दुर्घटना स्थलमा पुगि घाइतेहरुकाे उद्दार गरेको थियो। घाईते मध्य गृम राेका र मुमे साहुकाे अवस्था भने गम्भीर रहेको बताइएको छ। अटाे चालक खलवहादुर वुढा भनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राेका र मुमे साहुकाे अवस्था भने गम्भीर रहेको जनाएको छ । अटाे चालक खलवहादुर वुढा भनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
































