सुर्खेत १५
बुधबारदेखि सुर्खेतमा जारी नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्वको लागी भएको चुनाबको अन्तिम नतिजा सार्बजनिक भयको छ। नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी एमालेको कर्णाली प्रदेशको अध्यक्षमा एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गुलाबजंग शाह ३६९ मत सहित निर्बाचित भएका छन्। अर्का अध्यक्ष पदमा उमेद्वार मिन बहादुर शाहीले २०७ मत प्राप्त गरेका छन् भने प्रकाश रोकायले ४ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा जुम्लाका टेकराज पछाई विजयी भएका छन् उनले ३४६ मत प्राप्त गरेका छन् । अर्का उपाध्यक्ष पदका उमेद्वार दानसिंह परियारले ५९ मत पाएका छन् भने लाल बहादुर महतराले १७६ मत प्राप्त गरेका छन्। यस्तै सचिवमा धुर्ब शाही ४०६ मत सहित निर्बाचित हुदा अर्का सचिव पदका उमेद्वार रुद्र बहादुर शाहीले १६९ मत प्राप्त गरेका छन्। यस्तै उपसचिवमा रबिन्द्रराज शर्मा २९९ मत सहित निर्बाचित भएका छन्। अर्का उपसचिव पदका उमेद्वार रमेश शाहीले २६६ ,पद्मा खड्काले १५२ र मेनका पछाईले ९६ मत प्राप्त गरेका छन्।
पार्टी केन्द्रको सर्कुलरअनुसार एमाले कर्णालीको नेतृत्वको लागी सहमतिको अथक प्रयासका बीच सहमति हुन् नसकेपछि अन्तत आइतबार चुनावी प्रतिस्पर्धा भएको थियो। जम्मा खसेको ६०४ मत मध्य ५८० मत सदर भएको छ भने २४ मत बदर भएको छ ।
































