सुर्खेत १५
दाङमा यात्रु बाहक बास दुर्घटनामा परेकोछ। पोखरा बाट सुर्खेत आउदै गरेको ग १ ख ८४८५ नम्बरको बस आज बिहान ५ बजेतिर दाङको लमही नगरपालिका -४ स्थित बबईसोता पुलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। बसमा १६ जना यात्रु सवार रहेका थिए। सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
































