दिलिप ढकाल सुर्खेत असोज १४ ,
शनिवार बिहान सुर्खेतको वीरेन्द्रनगरस्थित यरिचोक नजिकै बालकलाई ठक्कर दिएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना लगत्तै वीरेन्द्रनगर छाडेकाउनलैई प्रहरीको विशेष अनुसन्धान टोलीले पूर्वी सुर्खेतको गुर्भाकोट नागारपालिका १४ भर्लेनी बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ वर्षीय अर्जुन पुन रहेका छन् । उनलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पक्राउ परेका अर्जुन सँगै उनको साथबाट प्रहरीले कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाइकलले मामाको घरबाट फुपुको घर जाँदै गरेका आठबिस नगरपालिका–६ खिड्कीज्युलाका ६ वर्षीय दिग्दर्शन पुरीलाई ठक्कर दिएको थियो ।
आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै आइतवार पनि सडक अवरुद्ध समेत गरेका थिए । घटना लगत्तै प्रहरीले फोरलेन सडक खण्डमा रहेका विभिन्न व्यक्तिहरुले पसलहरुमा जडान गरेका सीसीटीभी क्यामराको सहायताले मोटरसाइकल नम्बर पहिचान गरेको हो ।
यता जिल्ला प्रहरी कार्यालयले पनि फोरलेन सडकमा बालकलाई ठक्कर दिएर फरार रहेका मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । कार्यालयकाअनुसार नियन्त्रणमा लिएका चालकलाई वीरेन्द्रनगर लगिएको छ ।
































