Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

श्रमिक अधिकारका आवाजसँग भेरीगंगामा श्रमिक दिवस मनाइयो

श्रमिक अधिकारका आवाजसँग भेरीगंगामा श्रमिक दिवस मनाइयो

बिनोद घिमिरे, १८ वैशाख, सुर्खेत-

१३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भेरीगंगा नगरपालिका–११ मा ¥याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनाइएको छ। रामघाट बजारदेखि राताचौर वडा कार्यालयसम्म निकालिएको ¥यालीमा सहभागीहरूले “हाम्रो श्रमको सम्मान गर”, “ज्याला ठगी बन्द गर”, “एउटै काम एउटै ज्याला पूरा गर”, “अन्तर्राष्ट्रिय श्रमिक दिवस सफल पारौँ” र “हाम्रो श्रम किन कम ?” जस्ता नाराहरू लगाएका थिए।

सहकर्मी समाजको आयोजना तथा भेरीगंगा नगरपालिका–११ को समन्वयमा सम्पन्न कार्यक्रममा श्रमिक अधिकारका विविध विषयमा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले रोजगारीको स्थायित्व, सीप विकास तथा तालिम, र श्रमिक अधिकारको संरक्षणमा विशेष जोड दिएका छन्। अस्थायी तथा असुरक्षित रोजगारीका कारण श्रमिकहरू अझै समस्यामा परेको उल्लेख गर्दै उनीहरूले स्थायी र मर्यादित रोजगारी सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए। कार्यक्रममा समयानुकूल सीप विकास र व्यावसायिक तालिमको आवश्यकता औंल्याउँदै श्रमिकको हक–अधिकारको पूर्ण संरक्षण, सुरक्षित कार्य वातावरण र न्यूनतम ज्यालाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइयो। विशेषगरी महिला तथा कमजोर वर्गका श्रमिकहरू बढी जोखिममा पर्ने भएकाले उनीहरूको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष अम्मर बहादुर चन्दले राणा शासनकालदेखि नै पुरुषको तुलनामा महिलालाई दिइने ज्यालामा विभेद कायम रहेको उल्लेख गर्नुभयो। श्रम क्षेत्रमा लैंगिक समानता अझै पूर्ण रूपमा स्थापित हुन नसकेको बताउँदै उहाँले यसतर्फ सबै सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी, वैदेशिक रोजगारीमा ८ घण्टा कामको व्यवस्था भए पनि नेपाली युवाहरूलाई १६ घण्टासम्म काम गर्न बाध्य बनाइएको उल्लेख गर्दै श्रम शोषण अझै व्यापक रहेको उहाँको भनाइ थियो। श्रमिकको हक–अधिकार सुनिश्चित गर्न, समान ज्याला लागू गर्न र श्रम शोषण अन्त्य गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो।

इतिहासतः सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रमिक नेता तथा संगठनहरूको बैठकले विश्वभर श्रमिक दिवस मनाउने निर्णय गरेको थियो। त्यसअघि सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित मजदुर आन्दोलन भएको थियो, जसको सम्झनामा हरेक वर्ष मे १ मा यो दिवस मनाइन्छ। नेपालमा भने २००७ सालमा विराटनगरको मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन सुरु गरिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनपछि यो दिन सार्वजनिक बिदाका रूपमा मनाइँदै आएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In