१७ वैशाख,सुर्खेत-
रोल्पाको थवाङस्थित जलजलामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

अहिले रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ । प्रहरीका अनुसार अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको छ । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार १७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरूलाई लिएर उक्त जिप त्यसतर्फ जाँदै थियो । घाईतेहरुको पहिचान हुन नसकेको र अन्यको खोजी कार्य जारी छ। जिपमा २० जना सवार रहेको बताइएको छ।

































