
१७ चैत,सुर्खेत-
भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हरि बहादुर खत्रीको सरुवा भएको छ। सघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयकाे चैत १६ गतेको निर्णय अनुसार गुर्भाकोट नगरपालिका वडा नम्बर ६ निवासी हरि बहादुर खत्रीलाई भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्वेवारी दिईएको हो। हालै उप–सचिवमा बढुवा भएका खत्रीलाई सरकारले महत्वपूर्ण जिम्मेवारी सहित भेरीगंगामा खटाएको हो। लामो समयदेखि निजामती सेवामा सक्रिय खत्रीको अनुभव, दक्षता र कार्यशैलीलाई मध्यनजर गर्दै उक्त जिम्मेवारी दिइएको जनाइएको छ।

यसअघि उहाँले सल्यानको कालिमाटी गाउँपालिका , मुगुमा सहायक प्रमुख जिल्ला अधिकारी ,डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका, उद्योग वाणिज्य तथा आपूर्ति कार्यालय नेपालगंजको जिम्वेवारी समेत समाल्नु भएको थियो। उहाँले यसअघि दैलेखकाे चामुणडा बिन्दासैनी नगरपालिकामा सघियता आउन साथ २०७३ सालमा,सल्यानकाे बनगाढ कुपिण्डे नगरपालिका ,बाँकेको जानकी ,बैजनाथ,राप्तिसाेनारी गाउँपालिकाको समेत जिम्वेवारी समाल्नु भएको थियो। साथै उहाँले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग र पश्चिम उच्च पहाडी गरिवी निवारण आयाेजनामा पनि काम गर्नु भएको थियो। स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारमा उहाँको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ। गुर्भाकोट–६ का स्थानीयहरूले खत्रीको यो उपलब्धिलाई गौरवको विषयका रूपमा लिँदै उज्ज्वल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।




























