
१५ चैत, सुर्खेत-
गुर्भाकोट नगरपालिका–९ दाप्चा निवासी अडिक घर्तीकी जीवन संगिनी ओमसरी घर्ती काे घाँस काट्ने क्रममा भिरबाट लडेर दुःखद निधन भएको खबरले स्थानीय क्षेत्र शोकमग्न बनेको छ।घास काट्न जंगल पुगेकी घर्तीको भीरबाट लडेर ज्यान ज्यान गएको हो। दैनिक जीवनमा सामान्य जस्तो देखिने कामकै क्रममा यस्तो असामयिक घटना हुँदा परिवार मात्र होइन, सिंगो समुदाय नै स्तब्ध बनेको स्थानीयहरूले बताएका छन्।

ग्रामीण क्षेत्रमा घाँस दाउरा संकलन गर्ने क्रममा जोखिमयुक्त भिर–पाखामा जानुपर्ने बाध्यता रहँदा यस्ता दुर्घटना पटक–पटक दोहोरिने गरेका छन्। यस घटनाले फेरि एकपटक सुरक्षित उपाय अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ। स्थानीय सरोकारवालाहरूले यस्ता कार्य गर्दा अत्यन्त सतर्कता अपनाउन, एक्लै नजान, र सम्भव भएसम्म सुरक्षित स्थान रोज्न सबैलाई अनुरोध गरेका छन्।




























