


६ चैत,दुर्खेत-
सुर्खेतको बराहताल गाउँपालिकाले लक्षित वर्गका नागरिकहरूलाई सीपमूलक तालिममा सहभागी गराउने उद्देश्यले आवेदन आह्वान गरेको छ। गाउँ कार्यपालिकाले सूचना जारी गर्दै अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा द्वन्द्वपीडित व्यक्तिहरूका लागि निःशुल्क तालिम सञ्चालन गर्न लागिएको जनाएको हो। जारी सूचनाअनुसार गाउँपालिकाले सञ्चालन गर्न लागेको उक्त तालिम अन्तर्गत सरफ,हार्पिक र फिनायल बनाउने जस्ता सीपमूलक कार्यक्रम समावेश गरिएको छ। इच्छुक व्यक्तिहरूले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ।
गाउँपालिकाका अनुसार कार्यक्रममा सहभागी हुनका लागि लक्षित वर्गअनुसार आवश्यक कागजात पेश गर्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिका हकमा निवेदन, नागरिकता र अपाङ्गता परिचयपत्र, एकल महिलाका हकमा निवेदन, नागरिकता तथा एकल महिला भत्ता कार्ड, तथा द्वन्द्वपीडितका हकमा निवेदन, नागरिकता र द्वन्द्वपीडित प्रमाणित कागजात आवश्यक पर्ने जनाइएको छ।

यस सम्बन्धमा थप जानकारीका लागि महिला विकास निरीक्षक सस्मिता न्यौपानेसम्झना त्यागि सँग सम्पर्क गर्न सकिने र फोन नम्बर ९८४४८०५५५० उल्लेख गरिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा यस्ता कार्यक्रमहरूमा सहभागी नभएका नयाँ आवेदकहरूलाई विशेष प्राथमिकता दिइने समेत जनाएको छ।
































