३ चैत, सुर्खेत-
हिमालयन लाइफ इन्स्योरेन्सको मेहेलकुना शाखाले मृत्युदावी वापतको बीमा रकम हस्तान्तरण गरेको छ। सुर्खेतको लेकबेसी नगरपालिका–१ निवासी धोज बहादुर बुढाको निधन पश्चात उनको परिवारलाई जीवन बीमा अन्तर्गतको रकम प्रदान गरिएको हो। कम्पनीले मृत्युदावी वापत रु. ३ लाख ४८ हजार (३४८,०००) रकम उनकी जीवनसंगिनी जयकुमारी बुढा तथा परिवारजनलाई हस्तान्तरण गरेको जनाएको छ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स मेहेलकुना शाखाका प्रमुख ध्रुव प्रसाद शर्मा उपस्थित रहेका थिए। कार्यक्रममा उनले बीमाले विपद् र दुःखद घडीमा परिवारलाई आर्थिक सहारा प्रदान गर्ने उल्लेख गर्दै सबैलाई बीमामा आवद्ध हुन आग्रह गरेका छन्। बीमा कम्पनीले समयमै दावी भुक्तानी गर्दै बीमित परिवारलाई राहत प्रदान गरेको भन्दै स्थानीयले सराहना गरेका छन्।

































