२ चैत,सुर्खेत-
गुर्भाकोट नगरपालिका – १२ की ३६ वर्षीया माया कठायत, उनकी ११ वर्षीया छोरी र ५ वर्षका छोरा भेरी नदीमा बेगेर बेपत्ता भएको आशंकामा खोजी कार्य जारि रहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बूढथापाका अनुसार आइतबार दिउँसोदेखि खोजी कार्य जारी रहे हालसम्म पनि फेला पार्न सकिएको छैन। आज बिहानै देखि गोताखरको टोलीले भेरी नदीमा खोजि कार्य जारि राखेको छ। यता वडा नम्बर १२ का वडाध्यक्ष वडाध्यक्ष तुल्सीप्रशाद शर्माले भेरी नदीको किनारमा मायाको सल, छोरा छोरीका चप्पल, कपडा, ब्याग र पैसासमेत फेला परेको बताउनु भयो।

बेपत्ता माया ३७ वर्षीय भूपेन्द्र कठायतकी श्रीमती हुन्। निज भुपेन्द्रका अनुसार, घटना हुनु भन्दा दुई/तीन दिन पहिले आफ्नो र श्रीमतीको घरमा झगडा परेको थियो । त्यसपछि माया आफ्ना सन्तानसहित गुर्भाकोट – १२ मै पर्ने आफ्नो काकाको घरमा पुगेकी थिइन्। भूपेन्द्र शनिबार मात्रै काकाको घरमा गइ बसेकी माया र छोरा छोरीलाई लिन गएका थिए। मायाले आइतबार बिहान घर फर्किने भन्दै श्रीमान भूपेन्द्रलाई घर फर्काएकी थिइन्। भूपेन्द्र शनिबार बेलुकी नै घर फर्किएका थिए।

जानकारी अनुसार,श्रीमान– श्रीमति बीचको सहमति अनुसार माया काकाको घरबाट छोरा छोरी लिएर घर जान्छु भनेर हिँडेकी थिइन्। तीन आमा छोरीलाई टाढै बाट स्थानीयले भेरी नदी किनारमा हिँडिरहेको देखेका बताएका छन् । दिउँसो भेरी नदि छेउमा लत्ता, कपडा, झोला र पैसासमेत फेला परेपछि अनुसन्धानका क्रममा ती सामान माया र उनका सन्ताको भएको भूपेन्द्रको भनाई छ । दिउँसो ३ बजेपछि उनीहरुको खोजी सुरु भएको थियो। ‘गोताखोरसहितका सुरक्षाकर्मीले खोज तलास गर्दा पनि माया र उनका सन्तानलाई फेला पार्न सकिएको छैन,बेत्तपा आमा छोरा र छोरीको खोजी कार्य जारी राखिएको छ।’

































