२६ फागुन सुर्खेत
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य पदको लागि निर्वाचनमा सुर्खेत क्षेत्र नं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट उम्मेदवार दिनुभएका रवि किरण हमालले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको छ।

उहाँले आज सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको हो। उहाँले निर्वाचनमा जम्मा ३ लाख ७० हजार खर्च गर्नुभएको छ। उहाँले सार्वजनिक गरेको खर्च विवरण अनुसार गाडी खर्च १ लाख८५ हजार इन्धन खर्च ५० हजार कार्यकर्ता परिचालन १० हजार प्रचारप्रसार सामग्री ५० हजार प्रतिनिधि परिचालक ५० हजार र कार्यालय सञ्चालन खर्च रु २५००० रहेको छ। उहाँले निर्वाचनमा १०४९ मत प्राप्त गर्नुभएको थियो। उहाँ सुर्खेत क्षेत्र नम्बर १ मा चुनावी खर्च सार्वजनिक गर्ने पहिलो व्यक्ति हुनुहुन्छ।


































