२५ माघ,सल्यान-
“स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित” सल्यानको कालिमाटी गाउँपालिकामा आठौँ रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ। कालिमाटी गाउँपालिका वडा नम्बर ३ स्थित श्री शारदा जनकल्याण माध्यमिक विद्यालयको खेल मैदानमा हिजो (फागुन २४ ) देखि रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सुरु भएको हो। कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले एक समारोहका विच रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्नु भएको हो।

उद्घाटन समारोहमा पालिका अध्यक्ष खत्रीले रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै पालिकामा प्रथम स्थान हासिल गर्दै जिल्ला स्तरको रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पनि उत्कृस्ट प्रदर्शन गर्ने गरि खेल खेल्न आग्रह गर्नु भएको थियो। यस्तै उपाध्यक्ष शनसिलता वली डिसीले खेलमा हारजित निश्चित भएकाले खेल प्रतिस्पर्धामा आउने नतिजा लाई सहर्ष स्विकार गर्न आग्रह गर्नु भएको थियो । कालिमाटी गाउँपालिकाले खेल क्षेत्रमा उल्लेखनिय योगदान गरेको भन्दै विद्यालयले पनि विद्यार्थीको रुचि र चाहान अनुसार खेल क्षेत्रलाई अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।

रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको वडाध्यक्ष,विद्यालयका प्रधानाध्यापक,प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वली लगाएतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो। माघ २४ गते रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उद्घाटन भए सँगै केहि खेलहरु हिजो नै भएका छन् भने बाँकी खेलहरु आज फागुन २५ र २६ हुने छन्। प्रतियोगितामा भलिवल (छात्र छात्रा दुवै),कराते (छात्र छात्रा दुवै ) हाईजम्प,ट्रीपलजम्प, लङजम्प ,दौड,एथलेटिक्स, कबड्डी विधाका खेलहरु संचालन हुनेछन। प्रतियोगितामा नौं वटा विद्यालय सहभागी रहेका छन्।































