१९ पौष,सुर्खेत-
गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा २० औँ माघी मेला–२०८२ यही माघ १ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुने भएको छ। “माघी मेला युवाको अभियान : कृषि, खेलकुद, व्यापार तथा संस्कृतिको पहिचान” भन्ने नारासहित सञ्चालन हुने मेलाले स्थानीय कला–संस्कृति संरक्षण र आर्थिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।
मेलामा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति रहनेछ। चर्चित गायक पल शाह र लोकप्रिय गायिका एलिना चौहान, ज्योति मगर,प्रकाश दुताराज,खुमन अधिकारि,रामजी खाँड,टाँक तिमिलसिना,बद्रि पंगेनी,टिका पुन पूर्णकला विसी,राजु परियार,अर्जुन सापकोटा लगाएतको विशेष प्रस्तुति मेलाको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।साथै स्थानीय कलाकारहरूलाई पनि प्राथमिकतासहित प्रस्तुत गरिनेछ।

मेला अवधिभर कृषि तथा औद्योगिक प्रदर्शनी, व्यापारिक स्टल, खेलकुद कार्यक्रम र वडा स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ। आयोजकका अनुसार मेलाले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा युवालाई सिर्जनशील गतिविधितर्फ आकर्षित गर्ने विश्वास लिइएको छ। खेलकुद कार्यक्रम अन्तर्गत टिम दर्ता शुलमा पाँच हजार पचपन्न रहेको छ। प्रतियोगितामा प्रथम हुनेले पचास हजार एकसय पाँच रुपैयाँ पाउनेछन भने द्वित्तीय हुनेले पौतिस हजार एक सय पाँच रुपैयाँ प्राप्त गर्नेछन। खेलकुदको लागि हिरा बिक ९८५८०५३५४८ मा सम्पर्क गर्न सकिनेछ। स्तल बुकिङ्गको लागि ९८२४५७२४२७ र ९७६७५१६९३९ मा सम्पर्क गर्न सकिनेछ। गुर्भाकोट नगरपालिका शुभाघाट सुर्खेतको समन्वय एवं गुर्भाकोट नगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजनामा २० औँ माघी मेला २०८२ संचालन हुन् लागेको हो।

































