
२६ जेठ,सुर्खेत-
गुर्भाकोट नगरपालिकाको वडा नम्बर ३ मा ‘नयाँ तरकारी पकेट कार्यक्रम’ अन्तर्गत किसानहरूलाई विभिन्न बीउविजन तथा कृषि सामग्रीहरू वितरण गरिएको छ।

जेठ २५ गते भएको उक्त कार्यक्रमको गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुनले उद्घाटन गर्नु भएको थियो। गुर्भाकोट नगरपालेका कृषि शाखाको आयोजनामा सञ्चालन गरिएको उक्तकार्यक्रममा उन्नत जातका तरकारी बीउ, मल, कीटनाशक औषधि तथा अन्य आवश्यक कृषि सामग्रीहरू वितरण गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख हस्त पुनले कार्यक्रममा बोल्दै किसानलाई आत्मनिर्भर बनाउन र स्थानीय उत्पादनमा वृद्धि गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो । नगरपालिकाले कृषिमा आत्मनिर्भरता हासिल गर्न निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नु भएको थियो। कार्यक्रममा वडा नम्बर ३ का किसानहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी किसानहरूले यस कार्यक्रमले आफ्नो कृषि व्यवसायमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

































