
२६ जेठ सुर्खेत-
नेपलगंज स्थित लक्ष्मी फुटवेयर ईण्डष्ट्रीज लाई २ लाख जरिवाना गरिएको छ। MRP अथवा अधिकतम मुल्य कायम नगरि जुत्ता तथा चप्पल उत्पादन गरि बजार पठाई उपभोक्ता बाट अनुचित लाभ लिएकाे देखिएकाले लक्ष्मी फुटवेयर ईण्डष्ट्रीज लाई उपभोक्ता सरक्षण ऐन,२०७५ काे दफा ३८ (ङ) बमाेजिम कार्वाहि गरिएको वाणिज्य आपूर्ति तथा सरक्षण कार्यालय नेपालगंजका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिनुभयो।

लक्ष्मि फुटवेयर ईन्डष्टिजलाई सो जरिवाना आजको मिति (२/२६) ले ७ (सात) दिन भित्र वाणिज्य आपूर्ति तथा सरक्षण कार्यालयको (कार्यालय कोड नं. ३०७०५५७०) नाममा राष्ट्रिय वाणिज्य बैंकको राजस्व शिर्षक नं. १४३१२ मा रकम जम्मा गरेको बैंक भौचरको दोश्रो प्रति कार्यालयमा पेश गर्नुहुननिर्देशन दीइएको छ। साथै उक्त अवधि भित्र जरिवाना रकम नबुझाएमा सोही ऐनको दफा ३९ को उपदफा (४) बमोजिम थप कारबाही हुने व्यहोरा समेत जानकारी गगराइएको छ।

साथै,आदेशमा चित्त नबुझेमा यो आदेश प्राप्त गरेको सात दिनभित्र उल्लेखित जरिवानाको पचास प्रतिशत रकम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाण्डौको कोड नं. २७-३०७-२९ को नेपाल राष्ट्र बैंक थापाथली स्थित धरौटी खाता नं. १२०१२००००१००२५२४ मा जम्मा गरेको सक्कल बैंक भौचरको तेश्रो प्रति सहित विभागका महानिर्देशक समक्ष पुनरावलोकनको लागि निवेदन गर्न सकिने व्यहोरा समेत उल्लेख गरिएको छ। साथै आदेशमा उत्पादित जुत्ता र चप्पलमा कारखाना मूल्य कायम गर्नु पर्ने उल्लेख गरिएको छ।

































