
०८ वैशाख,सुर्खेत-
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लगेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। ताप्लेजुङको फुङलिङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । करेन्टबाट जीपमा आगो लागेको र घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो। आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर आग अलागी भएको थियो।


एसएसपी भीमबहादुर दाहालका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

































