१४ माघ,सुर्खेत-
गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले आवाशीय छात्रावासका लागि संचालन हुने अक्षयकोषमा एकलाख सहयोग गर्ने प्रतिबद्दता गर्नु भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ६ बडाखोली स्थित श्री नमुना माध्यमिक विद्यालयको ५१ औँ वार्षिकोत्सवमा बोल्दै गुर्भाकोट नगरपालिका नगरप्रमुख हस्त पुनले नमुना मावि बडाखोलीमा संचालित आवाशीय छात्रावासका लागि संचालन हुने अक्षयकोषमा एकलाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्दता गर्नु भएको हो।

हामि अभिभावक अन्तरगत गुर्भाकोट नगरापालिकाले नमुना मावि बडाखोलीमा संचालन गरेको छ। आमा,बुवा वा आमाबुवा कुनैपनि अभिभावक नभएका तथा आर्थिक रुपले विपन्न विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्ने उदेश्यले नमुना मावि बडाखोलीमा संचालित आवाशीय छात्रावास संचालन गरेको थियो। सो छात्रावाशमा बसी हाल २७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन।

हाल नगरपालिकाको सहयोग एवं नमुना विद्यालय मार्फत आएको रकम बाट आवाशीय विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाईलेखाई तथा खानपिन र आवाशको व्यवस्था गरीएको भएपनि पछि सम्मको अवस्थालाई मध्यनजर गर्दै विद्यालयले आवाशीय छात्रावासका लागि अक्षयकोष स्थापन गर्ने निर्णय गरेको प्रधानाध्यापक ढाल बहादुर खत्रीले जानकारी दिनुभयो। आवाशीय छात्रावास संचालनको लागि विद्यालयले पाँच करोडको अक्षयकोष स्थापना गर्ने भएको छ।

































