
२२ फागुन, कास्की –
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्र बाट मन्त्रि भएका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको हो ।
नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले दुई जना मन्त्रीलाई बर्खास्त गरेर दुवै मन्त्रालय आफैले राख्नुभएको छ ।

































