कार्तिक २३, सुर्खेत
सुर्खेतको माटोमा हुर्कियर सांगीतिक क्षेत्रमा आफ्नो भविस्य खोज्दै संघीय राजधानी काठमाण्डौमा संघर्षरत सुर्खेती चेली दिपाशा बीसी(जलपरी) को उपचारको क्रममा निधन भएको छ। सुर्खेत घर भएकी २८ वर्षीया अभिनेत्री एवम् मोडल दिपाशा बीसी(जलपरी)को उपचारको क्रममा काठमाण्डौमा निधन भएको हो। स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उपचार रत दिपाशा बिहीबार मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
वि.सं २०५२ सालमा सुर्खेतमा जन्मिएकी दिपाशा लामो समयदेखि काठमाडौंमा रहेर मोडलिङ पेशामा काम गरिरहेकी थिइन् । मोडल विसीले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । विशेषगरि, उनले लोकगीतका म्युजिक भिडियोमा धेरै अभिनय गरेकी छिन् । उनले अभिनय गरेको फिल्ममा ‘बिरानो माया, छाल, झेली, दुलाहा रानी’ लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।
यस्तै, उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् । केहि दिन अघि मात्र सुटिङ सकिएको ‘सुन माया’ बोलको गित सार्वजनिक हुन नपाउदै उनको निधन भएको छ।
































