Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

तिहार किन मनाईन्छ , यमपञ्चकका ५ दिन के हुन् ?


तिहार किन मनाईन्छ , यमपञ्चकका ५ दिन के हुन् ?

 

पदम ढकाल , जिल्ला अदालत सुर्खेत

कार्तिक २३,सुर्खेत

 

शुख शान्ति उमंगमा रमाईरहेको पलमा
के साइनो गाँस्नु छ र झरिसकेको फलमा
उमार्नु छ नयाँ विरुवा चाख्ननु छ सुविरस
पोख्ननु छ अन्तरंग नाच्नु छ छमछम
जोगाउनु छ कला संस्कृति सदा हरदम ।।

सोरठीको सरस्वती , मयुरको नाँच
कुरकुटेको टप्पा , पैसरीको जमात
लहरै हुने श्रृगारले सजिने ति शरिर
मन्द मुस्कानमा इतिहासको पौरखिमा
बढाउनु छ विश्वासका हात , दिनु छ साथ ।।

तिहार पर्व के – हो ?

तिहार दशै पछि मनाईने हिन्दु धर्मालवम्विहरुको एक एतिहासिक महान पर्व हो । तिहार ५ दिन सम्म मनाइने विभिन्न चाडहरुको संयोजन हो । तिहार गर्दै गरेको कार्यमा आत्मा समिक्षा गरि हार स्विकार गरेको पर्व हो । तिहार औशिको अन्धकारमा उज्यालो वनाई देउसि भैलो सँगै रमाउने प्रकाश उज्यालो झिलिमिलि को पर्व हो । तिहार कहिलेदेखि मनाइएको भन्ने समवन्धमा त्यसतो कुनै तिथिमिति पाईदैन । तर कसरि मनाइएको भन्ने समवन्धमा एक पौराणिक किंवदन्ति उल्लेख गरिएको छ ।

मृत्युका देवता यमराज र उनकि बहिनि यमुना लामो समय सम्म भेट हुन पाएका थिएन्न । त्यसैले उनले कहिले काग, कुकुर, गाइ त कहिले गोरु आफ्नो बहिनिको हाल खवर बुझ्नको लागी पठाएका थिए भन्ने कुरा सुन्न पाइन्छ । त्यसैले यमपञ्चकको पर्व पनि भनिएको छ । कार्तिक त्रयोदशिका दिन देखि कार्तिक सुक्लपक्षको दिर्तिया तिथीका दिन सम्म मनाइने यमपञ्चक पर्व हो । जहाँ यम भनेको नियम वा धर्म हो भने पञ्चक भनेको ५ दिन भनेको हो । तिहारको ५ दिनलाई छुटाछुटै रुपमा निम्न रुपमा व्याख्या गरिएको छ ।

१. काग तिहार :- यमपञ्चकको पहिलो दिन काग तिहार हो। कागलाई मृत्युवाहक वा सूचनाको दाता पनि मानिन्छ र कागलाई वातावरण सफा गराउने र विभिन्न दुर्गन्ध हटाई वातावरण सवच्छ गराउने पंक्षीको रुपमा लीइन्छ । कागलाई चलाख प्राणिको रुपमा मानिन्छ । घर अगाडी काग आएमा के समाचार ल्याएको हो उसको आवज र कुन दिशावाट उडेर आएको हो सो अनुसार समाचार पाएको अनुभव गर्दछौ ।

काग पूर्ववाट उडेर आएमा – उन्नतिको र प्रगतिको समाचार
पश्चिमवाट उडेर आएमा – हानि नोक्सानि को खवर पाइने
उतरवाट उडेर आएमा – कुनै कामको सिद्दि प्राप्त हुने र
दक्षिणवाट उडेर आएमा – मृत्युको खवर सुनिन पाउने  भन्ने अभिलाषका साथ कागलाई समाचार आदान प्रदान गरेको रुपमा यस्को पुजा गरिन्छ । मिठो परिकार बनाएर काग आउने ठाउँमा भोजन राखिन्छ ।

२. कुकुर तिहार :- यमपञ्चकको दोश्रो दिन कुकुरको पुजा गरिन्छ । कुकुरले मानिसको सेवा तथा सुरक्षा प्रदान गर्ने हुनाले कुकुरलाई माला लगाइदिने र मिठो मिठो खानेकुरा खान दिइन्छ । कुकुर एक वफादार र आज्ञाकारी जनावर हो । कुकुरले कुनै भवितव्य घटना वा दुर्घटना पहिलले नै थाह पाइ अरुलाइ सचेत गराउदछ । यस दिनलाई नरक चतुर्दशिको नामले पनि चिनिन्छ । भनिन्छ देवता श्री कृष्णले नरकासुर राक्षसलाई मारेर १६ हजार गोपनिको उद्रार गरेको प्रमाण दापरयुगमा पाईन्छ ।

३. गाई तिहार तथा लक्ष्मि तिहार :- यमपञ्चकको तेश्रो दिन गाईपुजा र लक्ष्मिमाताको पुजा गरिन्छ । गाईलाइ गौमाता र लक्ष्मी दुवै नामले चिनिन्छ । गाईलाइ लक्ष्मिमाताको रुपमा पुजा गरियो भने जन्मजन्मान्तरमा भएका विभिन्न पापहरु क्षणभरमै नाश हुन्छन । उक्त्त दिन साँझ विभिन्न रंगलिहरु वनाउने माता लक्षमिको पद चिन्ह वा मुर्ति स्थापना गरिन्छ । सँगै लक्ष्मिमाताको पाइला पनि वनाइन्छ । भनिन्छ त्यो रात माता लक्षमी जसको घरमा उज्यालो हुन्छ त्यही घरमा बास गर्नुहुन्छ । त्यसैको रातभरि दियो बालिन्छ । यस दिनमा देवता र दानवले समुन्द्र मन्थन गर्दा माता लक्षमीले जलवाट प्रकट हुनुभएको थियो र भगवान विष्णुलाई पति रुपमा स्विकार गर्नुभएको दिन पनि हो । यस दिनलाई शुख रात्रिको रुपमा लिइन्छ कुमारीहरुले भैली खेल्ने चलन पनि यसै दिनवाट सुरुवात गरिन्छ ।

४. गोरु पुजा तथा गोब्रर्दन तिहार :- यमपञ्चकको चौथो दिन गोवर्दनको पुजा गरिन्छ । यस दिन गोरुको पुजा गरिन्छ र गोवर्दनको पर्वत गराउँछन यो दिन दापर युगको घटना सँग सम्वन्धित छ । भगवान इन्द्र रिसाएर ठुलो चटान सहितको ब्रजपात धर्तिमा पठाउनुभएको थियो । त्यस चट्टानवाट गाउँ वासिलाई वचाउनका लागि श्री कृष्णको एक हातले गोर्वदन प्रर्वत उठाउनुभएको प्रमाण सचित्र देख्न र सुन्न पाईन्छ । यस दिन नेवार समुदायले आफ्नो पुजा गरेर म्ह पुजा मनाउछन् । यहि दिन नेपालमा नेवारीहरुले नेपाल संवत नयाँ वर्षको रुपमा मनाउने गर्दछन ।

५. भाईटिका :-

यमपञ्चकको पाँचौ दिन वा अन्तिम दिन हो भाइटिका । यो दिन घरघरमा झिलमिलि तथा पट्का पट्काएर तिहार मनाईन्छ । यो दिनमा दिदीले भाईलाई सप्तरंगिको टिका, मखमलको माला, तथा फलफुल, gift इत्यादि दिएर शुभकामना एवं लामो आयुको प्राथना गर्दछन । यस दिनमा कालिमातालाई सम्पूर्ण दानवहरु मारेको सम्झनामा पनि अन्यायको जितको रुपमा पनि यो चाड मनाइन्छ । यसको एक पौराणिक कहानि पनि छ । भाईटिकाको दिनमा एकजना राजाको अन्तिम दिन थियो । यस दिन यमराज उक्त्त व्यक्त्तिलाई लिन आएका थिए । भाईटिका लगाइसकेपछि लग्नुहोला भनी विनम्र अनुरोध गर्दछिन । तब यमराज एकछिन प्रतिक्षा गर्दछन र ति बहिनी मेरो भाई भर्खरै टिका घाटिमा लगाएको मखमली फुलको माला ओइलाउदैन र वरपर सम्म लगाएको तिलको धारा सुक्दैन तवसम्म भाईको प्राण नजाउनजेल नलइजाने आग्रह गर्दछिन । यस समयमा यमराज ४ ५ दिन त्यही घरमा बसेर उक्त्त दिनको प्रतिक्षा गर्दछन । जुन दिन उक्त्त व्यक्त्तिको निधारमा टिका र मखमलि फूल नओइलाउने भएपछि अन्तयमा हार मान्दछन र अन्त्यमा उक्त्त वयक्त्तिको आयु त्यतिकैमा छोडिदिए भन्ने पौराणिक कथा रहेको छ । उक्त्त दिन देखी तिहार मनाउन थालिएको हो । सप्तरंगिको टिका , मखमलको माला र तिलको धारा लगाउने परम्परा अझ पनि चलिरहेको छ । यि चिजहरुले गर्दा यमराजको हार भएको हुनाले तिहार भनिएको र तयसै समयदेखि मनाउन थालिएको हो ।

तिहारमा देउसी किन खेल्न थालीयो ? 

एकपटक राजा बलि जो भवगान विष्णुका भक्त्त थिए । उनि प्रल्हादका नाति पनि थिए । उनि एकदमै दानि थिए । उनको दरवारमा कुनै पनि चिजको कमि थिएन । माग्न आउनेलाई आदर सत्कार मान सम्मान गरेर पठाउथे । त्यसैले यिनको चर्चा ३ लोकमा थियो । धन प्रशस्त थियो तर विस्तारै आफ्नो मनमा धनको घमन्डको प्रवेश गराउन थाले । उनि उनकै गुरु शुत्रचार्यको सल्लाह अनुसार एकदिन अग्निदेवको कठोर तपस्या पनि गरेका थिए । त्यसैले पनि उनि आफ्नो अहंकार र शक्तिले उनी घमन्ड वन्दै गए उनीलाई एकै कुरो घमन्ड थियो । त्यो हो उनको धन र सम्पति त्यसैले स्वर्गमा आक्रमण गरेर स्वर्गमा राज्य स्थापना गर्न थाले । यो देखेर देवताको माता गितिले भगवान विष्णु सँग मद्दत मागेर सम्पूर्ण लोकको रक्षा गर्न भनिन । देवमाता गितिको कुरा सुनेर भगवान विष्णु सानो योगिको रुप धारण गरेर राजा बलिको दरबारमा जानुभयो । यतिवेला राजा वलि आफनो दरबारमा यज्ञ गर्दै थिए । जब भगवान विष्णुको उक्त्त बामन अवतार देख्ने वितिकै जोगि नजीकै गएर भन्न लागे हे योगिराज के माग्न आउनुभयो । तब बामन अबतार विष्णु भगवान भन्नुहुन्छ । राजा बलि तपाई ३ लोकको दानी हुनुहन्छ रे त्यसैले मिल्छ भने मलाई नाप्न सक्ने मेरो पाउको ३ पाउ जमिन दानमा दिनुहोस भनेर भन्नुभयो । तव त्यति सानो योगिले त्यसतो कुरा भनेको सुनेर राजा बली बेसरी हाँसेर भने लैजानुहोस् । जति इच्छा लाग्छ त्यति जमिन हजुरको भयो । राजा बलिले त्यति बाचा बाचा प्रतिज्ञा पुरा गरिसकेपछि उक्त्त योगिले ठूलो रुप धारण गरेर आफ्नो १ पाउ सम्पूर्ण लोक नापी र अर्को पाउले स्वर्गलोक ।

 

तव राजा वलि तर्फ हेरेर भन्न लागे राजा बलि मेरो १ पाउको सम्पूर्ण लोक र अर्को पाउले स्वर्गलोक नापिसके अव सम्पूर्ण व्रामन्ड मेरो भयो तिमिले बाचा पनि गरेका थियौं तसर्थ मेरो तेश्रो पाउ कहाँ राखौ । राजा बलिले भने हजुरको तेश्रो पाउ मेरो शिरमा राख्नुहोस प्रभु । तब राजा बलिले यस्तो आज्ञा गरेको सुनेर भगवान प्रशन्न भएर देउ शिर भनेर भन्दा त्यसै शव्दलाई देउशिरे गाउन थालिएको हो भन्ने प्रमाण यत्रतत्र सर्वत्र देख्न र सुन्न पाईन्छ ।तब राजा बली अनुरोध गर्दछन हे प्रभु सम्पूर्ण लोक हजुरकै भएपनि केवल यमपञ्चकका ५ दिन जस्ले मेरो नाम लिएर देउसी र भैलो खेल्छ तब उस्का सम्पूर्ण दुख नाश हुनेछन भनिएको छ ।

तिहारमा लगाईने सप्तरंगी टिकाको अर्थ के हो ?

आदिम कालमा राई लिम्वु र गुरुङ समुदायमा टिका लगाउदा सेल रोटी पकाउन बनाइएको लेदो सेतो पिठो र त्यसैमाथि वेसार कुटेर बनाइएको पहेलो लेप लगाउने चलन थियो । पछी खस आर्य समुदायम उक्त्त परमपरालाई आधुनिकतामा ढाली ३ धर्के टिका ब्रम्हा विष्णु र शंकरको प्रतिकको रुपमा लगाईएको पाइन्छ । सप्तरंगीको रुपमा पनि टिका लगाइन्छ । सूर्यको प्रकाशमा ७ वटा रंग सवैलाई समेटि लगाइएको टिका आत्मका ७ गुण ज्ञान, शु:ख, शान्ति, आन्नद, प्रेम र शक्तिका प्रतिक हुन । जुन टिका निदारको भृकुटीको विचमा पर्ने गरी जहाँ ज्ञानको ढोकाको द्वारको रुपमा आत्मा टिकेको ठाउँमा टिका लगाउने गरिन्छ । अन्तयमा सबै जना हाँसो खुशि साथ टिका लगाई देउसि भैलो खेलौ , रमाउ यहि छ तिहारको शुभकामना ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

ताजा समाचार

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In