कार्तिक २२, सुर्खेत
हरेक बर्षको बिजयादशमी सकिए सँगै गाँउघरमा देउसी भैलो खेल्न सुरु हुने गर्दछ । यसै क्रममा यस बर्षको दशमी सकिए सँगै तिहारमा देउसी भैलो खेल्न पनि सुरु हुन लागेको छ। यसैबीच सुर्खेतको गुर्भाकोट नगरपालिका १० नम्बर वडा समितिको कार्तिक २१ गते बसेको बैठकले नेपालीको महान चाड दिपावलीलाई मध्यनजर गर्दै सार्वजनिक ठाँउमा जुवातास खेल्न नपाइने तथा लुडो र क्यामरा जुवाको रुपमा खेल्न नपाइने ,पटका बिक्रीवितरण गर्न तथा पड्काउन नपाइने ,देउसी भेला खेल्दा बिहान ८ बजे देखि साँझ ८ बजे सम्म मात्र खेल्नु पर्ने ,लगाएतका निर्णय गरेको छ।

साथै वडा समितिको बैठकले राति ८ बजे पछि देउसी भैलो खेल्दा झैँ झगडा भएमा वा कुनै घटना भएमा स्वयम जिम्वेवार हुनु पर्ने समेत निर्णय गरेको छ। साथै उदेश्यबिना देउसी भैलो खेल्न आउनेलाइ ५५ रुपैया भन्दा बढी नदिन पनि वडा कार्यालयले सुचना मार्फत सम्पूर्ण वडा निवासिमा जानकारी गराएको छ।
































