Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

किन मनाइन्छ तिहार ? कुन दिनको महत्व कस्तो ?


किन मनाइन्छ तिहार ? कुन दिनको महत्व कस्तो ?

कार्तिक २२ ,सुर्खेत 

हामीले भर्खरै मात्र सबैभन्दा ठूलो चाड विजया दशमी मनायौं र अर्को ठूलो चाड तिहार मनाउँदैछौं। हिन्दु धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार। यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ। तिहार ५ दिनसम्म मनाइन्छ । पहिलो दिन काग तिहार हो। दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ। तेस्रो दिन गाईतिहार (लक्ष्मीपूजा) हो भने चौथो दिनलाई गोर्बधन पूजा वा हल तिहार भनिन्छ। यसदिन गोर्बधन पर्वत र गोरुको पूजा गरिन्छ। अन्तिम दिन भाइटीका हो। यसपटक हामीले तिहारको महत्व र पाँच दिन के के गरिन्छ भनेर केलाउने प्रयास गरेका छौं।

के हो तिहार ?

पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने विश्वास छ । तिहारको पहिलो दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यस दिनलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन पर्वत र भाइ पूजा गरिन्छ । पीङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी मनाउने चाड हो तिहार।

पाँच दिनसम्म मनाइने तिहारका सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूका अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। यसरी रहँदा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु पर्ने, साथै दिदीभाइ र दाजुबहिनीको प्रेम सदा अटल रहोस् साथै दाजुभाईको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै वरदान दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ। तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ।

पहिलो दिन काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरि कागतिहार मनाउने गरिन्छ । काग अत्यन्त चतुर र चलाख पंक्षी हो। काग सर्वभक्षी प्राणी हो। यसको पूजा गर्नुका विभिन्न कारण छन्। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा फट्याङग्राहरू खाइदिन्छ। कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रियभक्त पनि हो। त्यसैले यसदिन कागको पूजा गरि कागतिहार मनाउने गरिएको धार्मिक विश्वास छ।

दोस्रो दिन कुकुर तिहार

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन हो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई यमदूतका रूपमा पनि लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक जनावरको रुपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने काममा तथा अध्ययन अनुसन्धान गर्ने कार्यमा पनि हिजोआज कुकुरको प्रयोग गरिन्छ । कुकुरले घरको रेखदेख तथा चोर डाँकाबाट बचाउने कार्य गरि मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचनासमेत कुकुरले दिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई पूजा गरि मनाउँछौं।

तेस्रो दिन गाईतिहार र लक्ष्मीपूजा

गाई नेपालको राष्ट्रिय जनावर हो । यति मात्र होइन गाईलाई देवीका रुपमा पनि पुज्ने गरिन्छ । गाईको गहुँत र गोबर पनि हिन्दुधर्ममा पवित्र छ । यसर्थ पनि तिहारमा गाईको पूजा गरिएको हो । गाईलाई लक्ष्मीको प्रतिक मानिन्छ । गाईपूजा र लक्ष्मीपूजा एकैदिन मनाइन्छ। यसदिन साँझमा घरघरमा दीपावली गरिन्छ भने बेलुका भैलो खेल्ने गरिन्छ।

कुनैपनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । कार्तिक कृष्णऔंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले छोपी दिने विश्वासका साथ घरघरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिने गरिएको हो।

अर्को एक भनाइ अनुसार यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको हो। यस्तै सुख सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्णऔंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा तिहारको तेस्रो दिनको विशेषता हो ।

चौथो दिन गोरु तिहार

गोरु तिहार, हल तिहार वा गोवर्धन पूजाको रुपमा तिहारको चौथो दिन मनाइन्छ। पौराणिक कथन अनुसार गोवर्धन गोकुल शहर नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे। गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैनथे । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी पनि हुन्छन्। उनीहरु गोवर्धन पर्वतको पूजा पनि गर्छन्।

आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टी गराउँछन् । भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् । अन्त्यमा आफ्नो हार मानि इन्द्रले गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन् । यसदिन बेलुका घरघरमा देउसी खेल्ने परम्परा छ।

अन्तिम दिन भाइटीका

भाइतिहार अर्थात् भाइटीका तिहारको अन्तिम दिन मनाइन्छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन पर्ने यो पर्व विशेष उत्साहका साथ मनाउँदै दिदीबहिनी र दाजुभाइवीचको आत्मियता साटासाट गरिन्छ । यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई तथा भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न दिने दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले यसैदिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख,समृद्धि, अरोग्य एवं दीर्घायूको कामना गरिन्छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा भाइटीकालाई लिइन्छ।

यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको दिन दाजुभाइलाई भाइटीका लगाउन पानी तथा तेलले ७ घेरा हाली छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियो रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान प्रदान गरिन्छ।

दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पूजाआजा गरि टीका लगाउने चलन पनि छ। यसरी तिहारका ५ दिन रमाइलो गरि मनाउने गरिन्छ । तिहारले हाम्रो साँस्कृतिक महत्व बचाइराखेको छ। यस वर्ष भने विगत जस्तो छैन । कोरोना प्रभावका कारण खुलेर चाडपर्व मनाउन पाउने अवस्था छैन। तैपनि स्वास्थ्य मापदण्ड पूरा गरि दशैं मनाइयो, तिहार पनि अब यसरी नै मनाउनु पर्ने अवस्था छ।

यस बर्षको भाइटीकाको उत्तम साईत कात्तिक २९ गते १० बजेर ५१ मिनेटमा

कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११: ०२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ। भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते नै गरिन्छ। बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ। झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न शुरु भइसकेको छ। बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ। केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन्।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ। जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ। नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ। तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्कन भने छोडेको छैन।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

ताजा समाचार

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा जेठ ८ देखि निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

माग सम्बोधन गर्ने आश्वासनपछि वडाध्यक्ष रिजालद्वारा धर्ना फिर्ता

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

क्षयरोग मुक्त पालिका अभियानमा गुर्भाकोट सक्रिय, १४ सयको परीक्षण गर्दा ५१ बिरामी फेला

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In