कार्तिक २१,सुर्खेत
गएको कार्तिक १७ गते राती आएको विनाशकारी भुकम्पबाट प्रभावित जिल्लाका लागि नेपाल शिक्षक महासंघ सुर्खेतले नगर रु २ लाख सम्वन्धित जिल्लालाई हस्तातरण गरेको छ। शिक्षक महासंघ सुर्खेतका अध्यक्ष ढाल बहादुर खत्री सहित शिक्षक महासंघमा आबद्द शिक्षकहरु आज भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा पुगेर चेक हस्तान्तरण गरेका हुन्। जाजरकोट जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारि लाई रु एक लाखको चेक र रुकुम पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारिलाई रु एक लाखको चेक गरि जामा २ लाखको चेक हस्तान्तरण गरिएको अध्यक्ष खत्रीले जानकारी दिनु भयो। भुकम्प प्रभावित क्षेत्रमा तत्काल खाध्य सामाग्री,लत्ता कपडा, तथा त्रिपाल लगाएत सामाग्री खरिद गरि पिडितको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस भन्ने उदेश्यले शिक्षक महासंघ सुर्खेतको खातामा भएको रकम हस्तान्तरण गरिएको र बिस्तारै महासंघमा आबद्द शिक्षकहरुबाट आबश्यक रकम संकलन गरि पुन:महासंघ को खातामा जम्मा गरिने अध्यक्ष खत्रीले बताउनु भयो।
































