सुर्खेत ।
गुर्भाकोट नगरपालिकाले तिहारमा प्लाष्टिकजन्य मालाको प्रयोग नगर्न अपिल गरेकाे छ। गुर्भाकोट नगरवासीका नाममा अपिल जारी गर्दै नगर प्रमुख हस्त पुनले चाडपर्व, निजी तथा सरकारी प्रयोजनका लागि जैविक फूलको मात्र प्रयोग गर्न अनुरोध गरेका हुन । अपिलमा प्लास्टिकका मालाहरुको प्रयोगले स्थानीय पुँजीको पलायन हुने भएको हुदा स्थानीय उत्पादन लाई प्राथमिकता दिने र जसबाट किसानलाई सहयोग हुने उल्लेख छ ।
नगरपालिकाबाट जारी गरिएको अपिल उल्लेखित ब्यहाेरा,,
हार्दिक अपिल
चाडपर्वहरुमा घर आगनमा उत्पादित जैविक फूलहरु भन्दा बाहिरबाट आयात गरिएका फूलहरुको प्रयोग बर्षेनी बढ्दै गईरहेको देखिन्छ । यसबाट स्थानीय पुँजीको पलायन हुनुको साथै व्यवसायिक रुपमा सञ्चालनमा रहेका पुष्प व्यवसायी कृषकहरुको व्यवसाय धरायसी पर्ने देखिन्छ । यसले गर्दा देशको समग्र अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको देखिन्छ। नेपालको प्रचलित कानूनमा समेत स्वदेशी उत्पादन र उद्योगहरुलाई संरक्षण र प्रर्वद्धन गर्नुका साथै बिदेशी मालसामान भन्दा नेपालमा उत्पादित मालसामान १५ (पन्ध्र) प्रतिशत महंगो भएता पनि स्वेदशी मालसामान नै प्रयोग गर्नुपर्ने कानूनी व्यवस्था बमोजिम नजिकिदै गरेका चाडपर्व तथा निजी, सरकारी प्रयोजनमा आयातित तथा प्लाष्टिकजन्य फूलहरुलाई निरुत्साहित गरी स्थानीय तथा परम्परागत फूलहरुको बिक्री वितरण गरिदिनहुनु सम्पूर्ण व्यवसायी तथा आम जनसमुदायमा अनुरोध छ ।
नगर प्रमुख
हस्त पुन
































