१२ कार्तिक, हुम्ला
जिल्लाको ताँजाकोट क्षेत्रमा एक साता देखि टेलिफोन सेवा अवरुद्द भएको छ। एक साता देखि टेलिफोन सेवा अबरुद्द हुदा सिंगो गाँउपालिका र आसपासका हजारौ नागरिक सञ्चार सेवाबाट वञ्चित बहेको ताँजाकोट गाँउपालिकाका स्थानीय शंकर भण्डारीले बताउनु भयो। टावर मर्मतका लागि नेपाल टेलिकमको कार्यालय सिमकोटमा बारम्वार जानकारी गराउँदा पनि बेवास्ता गरेको अर्का स्थानीय शान्ति शर्माले बताउनु भयो। यता ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले भने नेपाल टेलिकम प्रदेश कार्यालय सुर्खेतबाट प्राविधिक टोली टावर मर्मतका लागि हिँडिसकेकाले अबको दुई/तीन दिनमा संचार सेवा पुन: सञ्चालनमा आउने बताउनु भयो।
































