काठमाण्डाै ,कार्तिक ११
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले बङ्लादेशलाई २ सय ३० रनकाे लक्ष्य दिएकाे छ । काेलकातामा टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले ५० ओभरमा २ सय २९ रन बनाउँदा सबै विकेट गुमायाे । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ६८ रन बनाए । यस्तै वेसले बरेसीले ४१ रन जाेडे । बलिङतर्फ बङ्लादेशका शाेरिफुल इस्लाम, तस्किन अहमद, मुस्ताफिजुर रहमान र मेहदी हसनले समान २ विकेट लिए ।बङ्गलादेश ५ खेलमा २ अङ्कसहित तालिकाकाे आठाैँ स्थानमा छ । नेदरल्यान्ड्स समान खेलमा उति नै अङ्क भए पनि नेट रनरनेटका आधारमा पुछारमा छ ।
ujyaalo































