कार्तिक ९,सुर्खेत
२० वर्ष कैद र दुई लाख जरिवाना तोकिएका फरार प्रतिवादी भेरीगंगा ९ बाट पक्राउ परेका छन। पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका ९ ठुलोजात्रीका २० बर्षिय खिमराज बिक रहेका छन। उनलाई मानब बेचबिखन तथा ओसारप्रसार मुद्दामा २० वर्ष कैद र दुइ लाख जरिवाना तोकिएको थियो। सुर्खेत जिल्ला अदालतले २०७३ असार १ गते लागत नम्बर २३२७ अनुसार २० वर्ष कैद र २ लाख जरिवाना तोके लगत्तै उनि फरार रहेका थिए। फरार रहेको ७ वर्ष पछी ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक् मन्दिप चौहानको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान उनलाई भेरीगंगा ९ बाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई कानुन बमोजिम कारवाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।
































