कार्तिक ८,सल्यान
पछिल्लो समय सल्यानका किसानले तरकारी खेतिबाट मनग्य आम्दानि गर्न थालेका छन्। पछिल्लो चार महिना अर्थात असार १ गतेदेखि असोज मसान्तसम्म त्यहाका किसानले २४ करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी तथा फलफूल बिक्रि गरेका छन् ।

कृषि उपज बजार सञ्चालक समिति कपुरकोट सल्यानका अनुसार असार १ गतेदेखि असोज मसान्तसम्म २४ करोड २९ लाख २६ हजार ४ सय ७ रुपैयाँको ताजा तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको छ। कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले अनुसार ४ महिनामा ४० लाख ६९ हजार ४ सय ४३ किलो ताजा तरकारी, ८५ हजार ६३९ किलो अदुवा र ७४ हजार ९६ किलो फलफूल निकासी भएको बताउनु भयो। सल्यान जिल्लामा उत्पादन भएको बेमौसमी तरकारी दाङ, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी र काठमाण्डाै लगाएत बिभिन्न बजारमा जाने गरेको छ।
































