गुर्भाकोट सुर्खेत , कार्तिक २
वर्षौँ पहिले देखिएको सपना ‘एक घर, एक धारा’ बन्ने भएपछि गुर्भाकोट १,२,३ र ४ का स्थानीयवासीहरुमा खुसियाली छाएको छ।
गुर्भाकोट नगरपालिका वडा नम्बर १,२,३ र ४ का वासीहरुले घरघरमा धारा ल्याउने भनेर धेरै पहिलेदेखि माग गर्दै आएका थिए। सङ्घीय खानेपानी तथा ढल ब्यबस्थापन , सुख्खा क्षेत्र सुर्खेत बाट बजेट विनियोजित रकम करिब २५ करोड लगानीमा गुर्भाकोट संयुक्त खानेपानी आयोजनाको काम अन्तिम चारणमा पुगेपछि स्थानीयवासी उत्साहित भएका हुन् ! सयुक्त खानेपानी बिस्तारका लागि आर्थिक बर्ष ०७९/०८० को बार्षिक बजेट अनुसार गुर्भाकोट सयुक्त खानेपानी आयोजनाको कार्य अघि बढेको हो !
( २०७४ साल भन्दा अगाडी देखि प्रकाश डि सि,मोति प्रसाद चपाइ, नन्दलाल भुषाल, खिमानन्द ढकाल लगायत स्थानीय नेताहरुले तत्कालीन माननीय पुर्ण बहादुर खड्का सङ कुरा गरेर प्रक्रिया अगाडि बढाए पनी बिचमा काम हुन नसके को र फेरि माननीय पुर्ण बहादुर खड्का को निर्देशन र नगर प्रमुख हस्त पुन को पहलमा गुर्भाकोट बृहत खानेपानी आयोजना सन्चालनमा आएको हो।)

गुर्भाकोट १,२ र ३ को सिमाना काउले भित्री खोलामा पर्ने जगन्नाथ मुल बाट पाइप लाइन सुरु भै घर घरमा पानी आउने गुर्भाकोट खानेपानी आयोजनाका अध्यक्ष खिमानन्द ढकालले जानकारी दिनु भयो। उहाँले आयोजना २०८२ मा काम सम्पन्न हुने गरी ०७९/०८० मा सम्झौता भए पनि विविध कारण कार्य अघि बढ्न नसके पनि समय मै सम्झौता अनुसार काम सम्पन्न हुने बताउनु भयो साथै टेन्डर प्रक्रियाका लागि लागत इस्टमेट नापजाँच कार्य सम्पन्न भएको हुदा अब केही दिनमै काम सुरु हुने अध्यक्ष ढकालले जानकारी दिनु भएको छ !
बिगतमा प्रयोग हुँदै आएका साना ठुला मुहानहरु लाई एकीकृत गरि सोही बृहत खानेपानी आयोजनामा समायोजन गर्ने आयोजनाको उद्देश्य रहेको छ ! यो आयोजना सम्पन्न भएपछि सामान्य करेसाबारीमा तरकारी लगाउन, लुगा धुन गाइबस्तुमा प्रयोग र नुहाउने समस्या बाट बन्चित हुने देखिन्छ ! गुर्भाकोट बृहत सयुक्त खानेपानी आयोजनाबाट २२ सय ५० घरपरिवार लाभान्वित हुनेछन्।
































