सुर्खेत ,असोज ३०
सल्यानको कालिमाटी गाँउपालिका ४ नम्बर वडा कार्यालयमा सुभकामना आदानप्रादन कार्यक्रम सम्पन्न भएको छ। कालिमाटी गाँउ पालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा सुभकामना आदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा नं ४ का जनाप्रतिनिधिहरु ,४ नम्बर भित्रका बिधालयका शिक्षकहरु, बिभिन्न पार्टीका प्रतिनिधिहरु, सामुदायिक बनका प्रतिनिधि, स्वास्थ्य आमा समुहको अध्यक्ष, महिला स्वास्थ्य स्वयम् सेविकाहरु ४ नम्बर वडाका कर्मचारी, ब्यापारी, आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेका कर्मचारी लगाएत स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीले चाडपर्वको नाममा गाँउ घरमा हुने बिकृतिलाई रोक्न सबैले आफ्नो क्षेत्रबाट भूमिका निभाउनु पर्नेमा जोड दिएका थिए। साथै कार्यक्रममा सहभागीले चाडपर्वको नाममा धेरै चिल्लोपिरो,बासी, मसलादार खानेकुरा ,तेलमा तारेको वा भुटेको मोटो माछा मासु नखान र स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गरेका थिए।

































