सुर्खेत २९
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ मा दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोबिन्द वलीले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ। गुर्भाकोट नगरपालिका ६ नम्बर वडा कार्यालयको आयोजना एवं वडा खेलकुद बिकास समिति को सह-आयोजनामा दोस्रो वडा स्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगितासुरु भएको हो। प्रतियोगितामा फुटवल भलिवल तथा ब्याडमिन्टन लगाएतका खेलहरु हुनेछन। खेल आज अर्थात २९ गते बाट सुरु भएर ४ गते सम्पन्न हुनेछ।

यस्तै खेलमा गुर्भाकोट र भेरिगंगा नगरपालीकाका वडा मात्र सहभागी हुन् पाउनेछन। प्रतियोगितामा प्रथम हुनेलाई रु ५०,००० र दोस्रो हुनेलाई रु ३०,००० रुपैया पुरस्कारको ब्यबस्था गरिएको छ। खेल बडाखोली ग्राउण्डमा सुरु भएको हो।

































