सुर्खेत २९
सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित टोलीखोला पुलबाट हाम फालेका दैलेखको आठबीस नगरपालिका–३ बस्ने वर्ष ३८ का दिपक कार्कीको उपचारको क्रममा मृत्यु भएकोछ । रत्न राजमार्ग अन्तर्गत पर्ने टोली खोला पुल नजिकै खाना खान गाडी रोकिराखेको बेला उनले हाम फालेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्की नेपालगञ्जबाट कर्णाली प्रदेश २४७ नम्बरको बसमा सुर्खेत आउँदै थिए । घाइते उनलाई छिन्चुमा सामान्य उपचार पंश्चात प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको थियो ।
उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा सोमवार बिहान २ः५५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिनु भयो। प्रहरीले अछामको तुर्माखाँद गाउँपालिका–३ का गाडी र चालक २७ वर्षीय प्रेम नेपालीलाई पक्राउ गरेको छ ।
































